ग्लोबल


गाम्बियाबाट स्पेन जाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा ६९ आप्रवासीको मृत्यु

गाम्बियाबाट स्पेन जाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा ६९ आप्रवासीको मृत्यु

नेपालखबर
भदौ १४, २०८२ शनिबार ५:३३, काठमाडौँ

मौरिटानियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६९ जना आप्रवासीको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन्।

मौरिटानियाको तटरक्षकलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार १७ जनाको उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ।

उद्धार गरिएका यात्रुका अनुसार, उक्त डुंगा मंगलबार दुर्घटना हुनुभन्दा ६ दिनअघि गाम्बियाबाट निस्किएको थियो। जसमा लगभग १६० जना थिए भने धेरैजसो गाम्बिया र सेनेगलका नागरिक थिए।

काठको जस्तो देखिने डुंगा स्पेनको क्यानरी टापुतर्फ जाँदै थियो।

युरोप पुग्ने प्रयास गर्ने अफ्रिकी आप्रवासीहरूमा एट्लान्टिक महासागर पार गर्ने यो खतरनाक यात्रा बढ्दो रूपमा छ।

गत वर्ष लगभग ४७ हजार मानिस क्यानरी टापु पुगेका थिए।

स्पेनी गैरसरकारी संस्था कोमिनान्डो फ्रोन्टेरासको अनुमानअनुसार यस अवधिमा ९ हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad