ग्लोबल


भारतलाई पाकिस्तानको चेतावनी: पानी बन्द गर्‍यौ भने पुर्पुरोमा हात राख्नुपर्ने गरी पाठ सिकाउँछु

भारतलाई पाकिस्तानको चेतावनी: पानी बन्द गर्‍यौ भने पुर्पुरोमा हात राख्नुपर्ने गरी पाठ सिकाउँछु

फाइल तस्बिर: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ


नेपालखबर
साउन २८, २०८२ बुधबार १०:४६, काठमाडौँ

पानीका विषयमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई चेतावनी दिएका छन्।

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भने, ‘म शत्रुलाई भन्न चाहन्छु- यदि तिमीले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने यो कुरा याद राख- तिमीले पाकिस्तानको 'एक थोपा' पनि खोस्न सक्दैनौ।’

उनले थपे, ‘म कसम खान्छु- यदि तिमीले यस्तो गर्‍यौ भने म तिमीलाई फेरि यस्तो पाठ सिकाउनेछु कि तिमीले पुर्पुरोमा हात राख्नुपर्नेछ।’

अप्रिल २३ मा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जलसन्धि निलम्बन गरेको छ। जुन सन्धिअन्तर्गत पाकिस्तानले पानी पाउँछ।

पहलगाममा भएको आक्रमणपछि र त्यसअघि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकसाथ बग्न सक्दैनन् भनेका थिए।

सहबाज सरिफले दिएको धम्कीका विषयमा भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad