यस हप्ता चीनको राजधानी बेइजिङको बाहिरी इलाकामा रहेको एक नर्सिङ होममा बाढी पस्दा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
चिनियाँ मिडियाका अनुसार बाढी आउँदा नर्सिङ होमभित्र लगभग ७७ जना वृद्धवृद्धा थिए। पानीको सतह लगभग ६ फिटसम्म बढेपछि तीमध्ये लगभग ४० जना फसेका थिए।
फुटेजमा मियुन जिल्लाको एक घरबाट मानिसहरूलाई उद्धार गर्न आपत्कालीन टोली छातीसम्म पानीमा हिँडिरहेको देखिन्छ। बाढीमा मृत्यु भएका धेरै वृद्धवृद्धा हिँड्न नसक्ने अवस्थामा थिए।
बेइजिङमा बाढीका कारण जम्मा ४४ जनाको मृत्यु भएको छ।
201
Shares

प्रतिक्रिया