ग्लोबल


रुसमा शक्तिशाली भूकम्प: प्रशान्त महासागरमा १३ फिट अग्ला छाल आउने चेतावनी

रुसमा शक्तिशाली भूकम्प: प्रशान्त महासागरमा १३ फिट अग्ला छाल आउने चेतावनी

नेपालखबर
साउन १४, २०८२ बुधबार १८:१, काठमाडौँ

रुसमा गएको शक्तिशाली भूकम्पका कारण दक्षिण प्रशान्त महासागरमा अवस्थित देश फ्रेन्च पोलिनेसियाको मार्केसस द्वीप समूहमा सुनामी आउने चेतावनी जारी गरिएको छ। 

स्थानीय अधिकारीहरूले आगामी केही घण्टामा चार मिटरसम्म अर्थात् लगभग १३ फिट अग्ला छाल आउने अनुमान गरिएको बताएका छन्।

अधिकारीहरूका अनुसार यी छाल उआ हुका, नुकु हिवा र हिवा ओओ टापुमा ठोक्किने सम्भावना छ।

यसैले यस क्षेत्रमा बस्ने मानिसहरूलाई उच्च स्थानमा सर्न सल्लाह दिइएको छ। 

नुकु हिवा प्रशान्त महासागरमा अवस्थित मार्केसस द्वीप समूहको सबैभन्दा ठूलो टापु हो।

फ्रान्सेली पोलिनेसियाका बाँकी भाग भने खाली गर्न आवश्यक छैन, तर मानिसहरूलाई समुद्र तट, किनार र नदीकिनारबाट टाढा रहन भनिएको छ। 

रुसको सुदूरपूर्वी तटनजिकै बुधबार बिहान ८.७ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरमा रुसको सीमाना जोडिएका धेरैवटा देशमा सुनामीको खतरा बढेको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस, जापान र अमेरिकामा सुनामीको डरले सुरक्षित स्थानमा सरिरहेका छन्। क्यानडा, इक्वेडर, पेरु, मेक्सिको, न्युजिल्यान्ड, चीन, फिलिपिन्स, ताइवान र इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad