चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ।
बेइजिङ प्रशासनले बाढी आपत्कालीन चेतावनी जारी गरेको छ।
गत हप्ता शनिबारदेखि जारी वर्षाका कारण अहिलेसम्म ८० हजारभन्दा बढी मानिस अन्यत्र सर्न बाध्य भएका छन्।
मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ।
चीनका राष्ट्रपति सी चिनफिङले बाढीमा बेपत्ता भएका 'सबै व्यक्ति'को खोजी गर्न र राहत तथा उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
जुलाई महिनामा बेइजिङमा धेरै बाढी आउँछ।
सबैभन्दा ठूलो बाढी सन् २०१२ को जुलाईमा आएको थियो। जसमा परी ७९ जनाको मृत्यु भएको थियो।
हेर्नुहोस्, बेइजिङमा वर्तमान बाढीका ६ तस्बिर:






336
Shares

प्रतिक्रिया