कारोबार


थप घट्यो सुनको मूल्य

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
थप घट्यो सुनको मूल्य

नेपालखबर
साउन १३, २०८२ मंगलबार ११:२६, काठमाडौँ

तीन दिनसम्म लगातार घटेर सोमबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको मूल्य एक लाख ९३ हजार हजार ६ सय रुपैयाँ थियाे। याे मूल्य अघिल्लै दिनकाे हाे। 

यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार तीनसय रुपैयाँ कामय भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad