ग्लोबल


चिनियाँ प्रधानमन्त्रीले गरे विश्वकै ठूलो जलविद्युत् आयोजनाको शिलान्यास

चिनियाँ प्रधानमन्त्रीले गरे विश्वकै ठूलो जलविद्युत् आयोजनाको शिलान्यास

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:३१,

चिनियाँ प्रधानमन्त्री ली छ्याङले तिब्बतबाट बग्ने यार्लुङ जाङ्बो नदीमा विशाल जलविद्युत् परियोजना शिलान्यास गरेका छन्। यो विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना बन्ने बताइएको छ।

यार्लुङ जाङ्बो तल आएपछि ब्रह्मपुत्र नामले चिनिन्छ। पानी आपूर्ति र वातावरणीय प्रभावका हिसाबले यो परियोजनाबाट भारत र बंगलादेश चिन्तित छन्।

प्रधानमन्त्री ली शनिबार तिब्बतको दक्षिणपूर्वी सहर निङ्चीमा आयोजित शिलान्यास कार्यक्रममा सहभागी भएको सिन्ह्वाले जनाएको छ।

चीनले सो आयोजना २०२० मा बनाउने घोषणा आफ्नो पञ्चवर्षीय योजनामा गरेको थियो। सो योजनालाई गत डिसेम्बरमा अनुमति दिइएको थियो। 

यो परियोजनाबाट वार्षिक ३ सय अर्ब किलोवाट आवर विद्युत् उत्पादन हुने आकलन गरिएको छ। त्यो भनेको थ्री गर्जेजभन्दा तीन गुणा बढी हो।

सो परियोजना सम्पन्न गर्न १६७ अर्ब डलर लाग्ने बताइएको छ। 

यो परियोजनाबाट चिन्तित भारतले पनि ब्रह्मपुत्रमा अर्को जलविद्युत् आयोजना घोषणा गरेको छ। चिनियाँ परियोजनाबाट आफूलाई पर्ने असरका अलावा बेइजिङले त्यसलाई हतियारका रुपमा प्रयोग गर्ने त्रास पनि भारतमा देखिन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad