ग्लोबल


आईएईएको दाबी: इरानसँग केही महिनाभित्रै युरेनियम संवर्धन पुनः सुरु गर्ने क्षमता छ

आईएईएको दाबी: इरानसँग केही महिनाभित्रै युरेनियम संवर्धन पुनः सुरु गर्ने क्षमता छ

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसी


नेपालखबर
असार १५, २०८२ आइतबार १३:४२, काठमाडौँ

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिनाभित्र युरेनियम संवर्धन पुनः सुरु गर्ने क्षमता रहेको बताएका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकाको आक्रमणबाट इरानका आणविक स्थलमा क्षति पुगेको तर नष्ट नभएका दाबी गरेका हुन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक स्थल 'ध्वस्त' पारेको दाबी गरिरहँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशकले फरक कुरा गरेका हुन्। 

जुन १३ मा इजरायलले इरानका आणविक स्थलमा हमला गर्दै ऊ आणविक हतियार विकास गर्ने अवस्थाको नजिक पुगेको दाबी गरेको थियो। 

यसपछि अमेरिकाले पनि जुन २२ मा इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा बम आक्रमण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad