ग्लोबल


इजरायल खामेनीलाई मार्न चाहन्छ, नभेटेर मात्रै: काट्ज

इजरायल खामेनीलाई मार्न चाहन्छ, नभेटेर मात्रै: काट्ज

फाइल तस्बिर: इजरायलका रक्षामन्त्री इजरायल काट्ज र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी


नेपालखबर
असार १३, २०८२ शुक्रबार १२:५८, काठमाडौँ

इजरायलका रक्षामन्त्री इजरायल काट्जले आफूहरू इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मार्न चाहने बताएका छन्।

भेट्टाउन नसकेकाले मात्रै खामेनी बाँचिरहेको काट्जले बताएका छन्। 

च्यानल १३ सँगको अन्तर्वार्तामा बिहीबार काट्जले भनेका छन्, ‘यदि खामेनी हाम्रो पहुँचमा भएको भए हामी उनलाई मार्ने थियौँ।’

अझ जोड दिएर उनले अगाडि भनेका छन्, ‘इजरायल खामेनीलाई खत्तम गर्न चाहन्थ्यो, तर त्यसो गर्ने कुनै अवसर थिएन।’

उनलाई मार्न अमेरिकासँग अनुमति मागिएको छ कि छैन भनेर सोध्दा उनले भने, "हामीलाई यसका लागि कसैको अनुमति आवश्यक छैन।’

त्यसो त यसबीच हत्याको डरले खामेनी सुरक्षित बंकरभित्र लुकिरहेको रिपोर्ट पनि सार्वजनिक भएको छ।  

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अमेरिकाका रक्षा सचिव पिट हेगसेथले जुन २२ मा भएको आक्रमणबाट इरानका आणविक स्थल पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। 

हेगसेथले संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनसँगै रक्षा विभागको मुख्यालय पेन्टागनमा इरान आक्रमणबारे पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

उनले भने, ‘इरानमा अमेरिकी आक्रमण ऐतिहासिक रूपमा सफल आक्रमण थियो।’

आक्रमणमा इरानको आणविक कार्यक्रममा थोरै मात्र क्षति भएको भनी गुप्तचर रिपोर्ट सार्वजनिक गरेका हेगसेथले पत्रकारहरूको आलोचना गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad