इजरायल र इरानबीच लडाइँको १२औँ दिन मंगलबार युद्धविराम भएको छ। दुवै देशले यसको पुष्टि गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै देशले युद्धमा आफैँले युद्ध जितेको दाबी पनि गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्, ‘इजरायलले इरानविरुद्ध ऐतिहासिक विजय हासिल गरेको छ, जुन पुस्तौँसम्म सम्झिइनेछ। हामी सिंहजस्तै उठ्यौँ र हाम्रो गर्जनले तेहरान (इरानको राजधानी) लाई हल्लायो।’
अर्कतर्फ इरानका विदेशमन्त्री अब्बास अरागचीले भनेका छन्, ‘हाम्रो देशले आणविक कार्यक्रम रोक्ने छैन। हामीले यो प्रविधि प्राप्त गर्न धेरै कडा परिश्रम गरेका छौँ। हाम्रा वैज्ञानिकहरूले बलिदान दिएका छन्।'
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको घोषणा गर्दै मंगलबार बिहानदेखि लागु भएको बताएका छन्।
तर यसबीच दुवै देशले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप पनि लगाएका छन्।
Shares

प्रतिक्रिया