युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन 'नेटो'का महासचिव मार्क रुटले इरानलाई आणविक हतियार विकास गर्न दिन नहुनेमा सहयोगी देशहरू सहमत रहेको बताएका छन्।
हेगमा शिखर सम्मेलनअघि उनले इरान र इजरायलबीच बढ्दो द्वन्द्वबारे पत्रकारहरूसँग कुरा गरेका हुन्।
उनले पत्रकारहरूलाई भने, ‘इरानको आणविक कार्यक्रममा नेटोको अडानको कुरा गर्दा सहयोगी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियार विकास गर्न दिन हुँदैन भन्ने कुरामा सहमति जनाएका छन्।’
मार्क रुटले थपे, ‘सहयोगी देशहरूले इरानलाई आणविक अप्रसार सन्धि (एनपीटी) अन्तर्गत आफ्नो जिम्मेवारी पूरा गर्न बारम्बार अपिल गरेका छन्।’
इरानले १९६८ मा आणविक अप्रसार सन्धिमा हस्ताक्षर गरेको थियो। यसको अर्थ इरानले शान्तिपूर्ण उद्देश्यका लागि मात्र आणविक प्रविधि प्रयोग गर्न पाउनेछ र कसैलाई पनि आणविक प्रविधि दिने छैन।
रुस र युक्रेनबीच युद्धबारे कुरा गर्दै उनले त्यसमा इरान 'गहिरो रूपमा संलग्न' रहेको आरोप लगाए।
उनले इरानले रुसलाई ड्रोन दिएको र त्यो युक्रेनी नागरिक मार्न प्रयोग भइरहेको आरोप पनि लगाए।
Shares

प्रतिक्रिया