इजरायलले इरानको एभिन जेल र बासिज मुख्यालयमा आक्रमण गरेको बताएको छ।
इरानले पनि हमलाको पुष्टि गरेको छ। बासिज मुख्यालयको प्राथमिक काम देशभित्र हुने सरकारविरोधी गतिविधिको समाधान गर्नु हो।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले एभिन जेललाई निशाना बनाइएको बताए। उनका अनुसार जहाँ 'राजनीतिक कैदी र शासनका शत्रु' राखिन्छन्।
सीसीटीभी फुटेजमा जेलको प्रवेशद्वारमा विस्फोट भएको देखाइएको छ। त्यो सीसीटीभी फुटेज पुष्टि भएको बीबीसीले जनाएको छ।
इरानको न्यायपालिकाले पनि तेहरानको एभिन जेलमा आक्रमण भएको पुष्टि गरेको छ।
मिसाइल जेलमा खसेको र जेलका केही भागमा क्षति पुगेको बताइएको छ।
घटनाको विस्तृत विवरण आइसकेको छैन।
507
Shares

प्रतिक्रिया