राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

नेपालखबर
असार ९, २०८२ सोमबार १९:५९, काठमाडौँ

भिजिट भिसा प्रकरणमा सरकारले नै छानबिन समिति बनाउने तयारी गरेको छ। एक मन्त्रीका अनुसार सम्भवत: आज सोमबार बस्ने मन्त्रिपरषद् बैठकबाटै छानबिन समिति गठनको निर्णय गर्ने हुनेछ।  

'आज बस्ने क्याबिनेट बैठकबाटै छानबिन समिति बनाउने तयारी जानकारी पाएको छु,' ती मन्त्रीले नेपालखबरसँग भने।

यसअघि असार ५ गते सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेताबीच भएको छलफलमा  समिति बनाउने सहमति भएको थियो। नेताहरूका अनुसार उच्चस्तरीय छानबिन बनाउने तयारी छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका केही अधिकारी, मन्त्रालयका कर्मचारी जोडिएको भन्दै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टीलगायत दलले छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्। 

तर, माओवादी र एमालेबीच जेठ ३० गते २ बुँदे सहमति भएपछि माओवादीले संसद्‌मा अवरोध गर्न छोडेको थियो। यद्यपि, रास्वपा र राप्रपाले अझै पनि छानबिन समितिको माग गर्दै संसद् अवरोध र बहिष्कार गरिरहेका छन्।  रास्वपाले उच्चस्तरीय वा, न्यायिक वा संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ।  

यस विषयमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेतबीच असार ५ गते छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad