२४१ यात्रु र भवनका अन्य मानिस गरी २७० जनाभन्दा बढीको मृत्यु भएको अमदाबाद विमान दुर्घटनाको नयाँ भिडिओ सार्वजनिक भएको छ।
यही जुन १२ तारिख दिउँसो अहमदाबादस्थित विमानस्थलबाट उड्नासाथ एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान बीजे मेडिकल कलेजका विद्यार्थी बस्ने होस्टेलको भवनमा खसेको थियो। त्यतिबेला ज्यान जोगाउन मेडिकल विद्यार्थीहरू भवनबाट हाम फाल्दै गरेको भिडिओ सार्वजनिक भएको हो।
भिडिओमा मेडिकल कलेजका विद्यार्थीहरू होस्टेल भवनको तेस्रो र चौथो तलाबाट हाम फालेको देखिन्छ।
भिडियोमा देख्न सकिन्छ- जुन भवनको बाल्कोनीबाट विद्यार्थीहरू तल झर्ने प्रयास गरिरहेका छन् त्यो भवनका दुवैतर्फ आगो लागिरहेको छ। विद्यार्थीहरू डोरीको सहायताले चौथो तलाबाट तेस्रो तल्लामा तल आउन खोजिरहेका छन्।
भिडिओ-
— Gujarati Jagran (@gujaratijagran) June 17, 2025પ્લેનક્રેશનો એક અન્ય વીડિયો સામે આવ્યો, જેમાં મેડિલક હોસ્ટેલના વિદ્યાર્થીઓ બારીમાંથી કૂદીને પોતાનો જીવ બચાવી રહ્યા છે#AhmedabadPlaneCrash #PlaneCrash #Ahmedabadnews #Ahmedabad #GujaratiJagran #Airindia #FlightAI171 #planecrashahmedabad #AhmedabadTragedy #AirIndiaPlaneCrash pic.twitter.com/KqbTCXaXvZ
Shares

प्रतिक्रिया