ग्लोबल


भारतमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १९:३२, काठमाडौँ

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजार नाघेको छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकअनुसार, देशमा हाल ५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यीमध्ये धेरैजसो संक्रमित केरलामा छन्। केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्।

केरलामा कोभिडका १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ जनामा अहिले कोरोना संक्रमण छ। 

भारतीय मन्त्रालयका अनुसार, जनवरीयता हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad