ग्लोबल


हार्वर्डमा विदेशी विद्यार्थी प्रवेश प्रतिबन्धमा न्यायाधीशले लगाए अस्थायी रोक

हार्वर्डमा विदेशी विद्यार्थी प्रवेश प्रतिबन्धमा न्यायाधीशले लगाए अस्थायी रोक

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १४:५, काठमाडौँ

अमेरिकाका संघीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा ट्रम्प प्रशासनले गरेको प्रतिबन्धलाई अस्थायी रोक लगाएका छन्।

म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोले यो प्रतिबन्ध लागु भयो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल ठूलो क्षति भोग्न सक्ने चेतावनी दिएका छन्। 

हार्वर्डले बिहीबार अदालतमा दायर गरेको मुद्दामा यो निर्णय आएको हो।

हार्वर्डले ट्रम्प प्रशासनले जानाजानी आफूलाई लक्ष्य गरिरहेको र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप लगाएको छ।

उता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो प्रतिबन्ध देशको सुरक्षाका लागि आवश्यक रहेको जिकिर गरिरहेका छन्। 

उनले हार्वर्डलाई आफ्नो क्याम्पसमा यहुदीविरोधी गतिविधि रोक्न पर्याप्त काम नगरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad