जर्मनीमा चालक दलका सदस्यसेमत १८५ जना बोकेर उडिरहेको राय एयरको विमान भीषण आँधीका कारण आपत्कालीन अवतरण गर्नुपरेको छ।
जर्मन प्रहरीले बिहीबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार शक्तिशाली आँधीका कारण विमानमा सवार ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार १७९ यात्रु र ६ जना चालक दलका सदस्य सवार विमान बुधबार राति बर्लिनबाट मिलान जाँदै थियो।
राति करिब ८ः ३० बजे आँधीका कारण विमानमा शक्तिशाली झट्का महसुस भयो, जसका कारण पाइलटले पूर्वसूचनाबिनै बाभेरियाको मेमिङजेन विमानस्थलमा विमान अवतरण गराएका हुन्।
आँधीको झट्काका कारण विमानमा सवार ८ यात्रु र चालक दलका १ सदस्य घाइते भएका छन्। जसमध्ये तीन जनालाई उपचारका लागि मेमिङजेनको अस्पतालमा भर्ना गरिएको छ।
सामान्य चोटपटक लागेका अन्यलाई भने उपचारपछि डिस्चार्ज गरिएको छ।
Shares

प्रतिक्रिया