इरानमा बेपत्ता भएका तीन भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। हाल तीनै जना भारतीय दूतावासको रेखदेमा छन्।
तेहरानस्थित तस्निम समाचार एजेन्सीका अनुसार ‘दक्षिण तेहरानको वरमिनमा अपहरणकारीहरूविरुद्ध प्रहरीले गरेको कारबाहीमा उनीहरूलाई मुक्त गरिएको हो।’
भारतले बुधबार नागरिकहरूको सुरक्षित उद्धारका लागि इरानलाई धन्यवाद दिँदै यसले दुई देशबीचको ‘मित्रताको साँचो भावना’लाई प्रतिबिम्ब गरेको बताएको छ।
इरानमा रहेको भारतीय दूतावासले एक्समा भनेको छ, ‘अपहरण गरिएका तीनै जना भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ र हाल उनीहरू दूतावासको रेखदेखमा छन्, जसले उनीहरूलाई चाँडै स्वदेश फर्काउने वातावरण बनाइरहेको छ।’
पन्जाबका तीन युवक गत महिना अस्ट्रेलियाका लागि घरबाट निस्केका थिए।
तर होसियारपुरका अमृतपाल, संगरुरका हुसनप्रीत र नवांशहरका जसपाल सिंहलाई इरानमा अपहरण गरिएको थियो।
Shares

प्रतिक्रिया