ग्लोबल


दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे म्युङ


नेपालखबर
जेठ २१, २०८२ बुधबार ६:४४, काठमाडौँ

दक्षिण कोरियाकाे राष्ट्रपति पदमा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ विजयी भएका छन्।

मंगलबार भएको निर्वाचनमा सत्तारुढ दलका किम मुन सुलाई हराउँदै उनी राष्ट्रपति चुनिएका हुन्।

६ महिनाअघि देशमा सैनिक शासन लागु गर्ने प्रयास गरेका तत्कालीन राष्ट्रपति युन सुक-योल महाभियोगबाट बर्खास्त गरिएपछि दक्षिण कोरियामा निर्वाचन गरी नयाँ राष्ट्रपति चुनिएको हो।

६१ वर्षीय ली तीन वर्षअघि उनै युन सुक योलसँग थोरै मातान्तरले मात्र हारेका थिए।

बीबीसीका अनुसार अहिले भने उनले अप्रत्याशित जित हासिल गरेका हुन्।

उनका मुख्य प्रतिद्वन्द्वी युनको मन्त्रिपरिषद्का पूर्वसदस्य किम मुन सुले बुधबार बिहान हार स्वीकार गर्दै विजयी लीलाई बधाई दिएका छन्। 

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कसँग जुध्नु हुनेछ।

ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

दक्षिण कोरिया अमेरिकामा स्टिल निर्यात गर्ने चौथो ठूलो देश हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad