ग्लोबल


युक्रेनको दाबी: रुसका ४० वटा बमवर्षक विमान ध्वस्त पार्‍यौँ

युक्रेनको दाबी: रुसका ४० वटा बमवर्षक विमान ध्वस्त पार्‍यौँ

इर्कुत्स्कका गभर्नर इगोर कोब्वेजले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओको स्क्रिनसट।


नेपालखबर
जेठ १८, २०८२ आइतबार १९:२३, काठमाडौँ

युक्रेनले ड्रोन आक्रमणमा ४० भन्दा बढी रुसी बमवर्षक विमानलाई निशाना बनाएको दाबी गरेको छ।

बीबीसीका अनुसार यो रुसी वायुसेनाविरुद्ध अहिलेसम्मकै आक्रामक आक्रमण मानिन्छ।

युक्रेनी सुरक्षा सेवा एसबीयूले विज्ञप्ति जारी गर्दै भनेको छ- रुसमा धेरै रणनीतिक रूपमा महत्त्वपूर्ण शत्रु बमवर्षक विमानहरू जलिरहेका छन्।

उसका अनुसार युक्रेनले शत्रु बमवर्षक विमानहरूलाई नष्ट गर्ने उद्देश्यले ठूलो मात्रामा विशेष अपरेसन सञ्चालन भइरहेको छ। 

यसले ४० भन्दा बढी विमानलाई निशाना बनाएको दाबी गरिएको छ।

एसबीयूले एउटा नाटकीय भिडिओ पनि जारी गरेको छ, जसमा यसले साइबेरियाको इर्कुत्स्कमा रहेको रुसको बेलाया सैन्य अड्डालाई निशाना बनाएको देखाइएको छ। 

भिडिओमा विस्फोट र धुवाँको मुस्लो देखिएको छ। 

रिपोर्टअनुसार, मुर्मन्स्कको ओलेन्या सैन्य अड्डामा पनि आक्रमण गरिएको छ।

इर्कुत्स्कका गभर्नर इगोर कोब्वेजले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा इर्कुत्स्क क्षेत्रको स्रेडली गाउँमा रहेको सैन्य एकाइबाट धुवाँ उडिरेहको देख्न सकिन्छ।

कोब्वेज भन्छन्- यो साइबेरियामा भएको पहिलो आक्रमण हो।

रुसी मिडियामा आएका रिपोर्टले मुर्मन्स्क र इर्कुत्स्कमा भएका आक्रमणबारे उल्लेख गरेका छन्। 

तिननमा भनिएको छ- रुसी हवाई रक्षाले काम गरिरहेको छ।

यसैबीच युक्रेनी अधिकारीहरूले रुसले हिजो राति युक्रेनमा ४७२ ड्रोन, ७ ब्यालिस्टिक र क्रूज मिसाइलले आक्रमण गरेको बताएका छन्। जुन अहिलेसम्मको ठूलो ड्रोन आक्रमण भएको उनीहरूको भनाइ छ।

युक्रेनले ३८५ हवाई लक्ष्य नष्ट गरेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad