ग्लोबल


इन्डोनेसियामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त

इन्डोनेसियामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार २१:३०, काठमाडौँ

शुक्रबार इन्डोनेसियाको सुमात्रा टापुनजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन। 

यूएसजीएसका अनुसार भूकम्प स्थानीय समय बिहान ०२ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको हो। 

देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० रहेको बताएको छ। एजेन्सीले सुनामीको सम्भावना नभएको बताएको छ। 

भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु सहरमा एक सयभन्दा बढी घर र कम्तीमा छ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले शुक्रबार पत्रकार सम्मेलनमा बताए।

“बेङ्कुलु सहरमा भूकम्पबाट एक सय ४० घर प्रभावित भए। तीमध्ये आठ ध्वस्त भए, अर्थात् तिनीहरूको मर्मत गर्न सकिँदैन”, अब्दुलले भने। 

सेन्ट्रल बेङ्कुलु जिल्लामा भूकम्पका कारण दुईवटा घरमा हल्का क्षति पुगेको उनले बताए। 

सन् २०२१ जनवरीमा सुलावेसीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले एक सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ घरबारविहीन भएका थिए।

सन् २०१८ मा सुलावेसीको पालूमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा बढीको ज्यान गएको थियो। 

सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad