ग्लोबल


विमान दुर्घटनामा मेटल ब्यान्डका पूर्वड्रमर डेनियल विलियम्सको पनि मृत्यु भएको आशंका

विमान दुर्घटनामा मेटल ब्यान्डका पूर्वड्रमर डेनियल विलियम्सको पनि मृत्यु भएको आशंका

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १०:२६, काठमाडौँ

अमेरिकाको सान डिएगोस्थित आवासीय क्षेत्रमा बिहीबार खसेको विमानमा मेटल ब्यान्ड 'द डेभिल वियर्स प्राडा'का पूर्वड्रमर डेनियल विलियम्स पनि रहेको र उनको मृत्यु भएको आशंका गरिएको छ।

शापिरो साउन्ड ट्यालेन्ट ग्रुपका सहसंस्थापक थिए। उनी 'सम ४१', 'स्टोरी अफ द इयर' र 'पियर्स द भील'जस्ता रक ब्यान्डसँग संलग्न थिए।

मिडिया रिपोर्टअनुसार उनले उक्त विमानबाट सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

त्यसो त साउन्ड ट्यालेन्ट ग्रुपका प्रवक्ताले विज्ञप्तिमा ‘हामी हाम्रा सहसंस्थापक, सहकर्मी तथा साथीलाई गुमाउँदा स्तब्ध छौँ। उनको परिवार र पीडित सबैप्रति हाम्रो समवेदना छ’ उल्लेख भएको भनी बीबीसीले लेखेको छ।

विमान दुर्घटनामा मर्फी क्यान्यनमा रहेको एउटा घर ध्वस्त भएको छ र नजिकैका दशवटा भवन पनि क्षतिग्रस्त भएका छन्।

दुर्घटनास्थल

विमान खसेर भएको आगलागीमा जलेका कारका भग्नावशेष सडकमा छरिएका छन्।

दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

एयरलाइन्सले दुर्घटनामा शापिरोसहित आफ्ना तीन कर्मचारीको मृत्यु भएको बताएको छ। कम्पनीले अन्यको पहिचान खुलाएको छैन।

सान डिएगोका अधिकारीहरूले दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि गरे, यद्यपि दुर्घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले मृत्यु हुनेको कुल संख्या स्पष्ट नभएको बताएको छ।

विमान दुर्घटनास्थल

अधिकारीहरूले मृत्यु भएकाहरूमध्ये कसैको पनि नाम सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad