ग्लोबल


छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

फाइल तस्बिर: छत्तीसगढ क्षेत्र


नेपालखबर
जेठ ७, २०८२ बुधबार १३:४८, काठमाडौँ

भारतीय प्रान्त छत्तीसगढको नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको दाबी प्रहरीले गरेको छ।

छत्तीसगढ राज्यका गृहमन्त्री विजय शर्माले बुधबार बताएअनुसार ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसै क्रममा २६ भन्दा बढी माओवादी मारिएका हुन्। 

उनले भनेका छन्, ‘केही ठूला माओवादी कार्यकर्ताहरू पनि मारिएको रिपोर्ट आएको छ।’

उनले मारिएका माओवादीहरूको संख्या बढ्न सक्ने बताएका छन्। 

उनले खोजी अभियान जारी रहेको बताएका छन्। 

१५ महिनादेखि छत्तीसगढमा प्रहरीले माओवादीविरुद्ध सघन कारबाही सञ्चालन गरेको छ। जसमा अहिलेसम्म ४०० भन्दा बढी माओवादी मारिएको दाबी प्रहरीले गरेको छ। 

देशका गृहमन्त्री अमित शाहले २०२६ मार्च ३१ सम्ममा देशबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad