ग्लोबल


हैदराबाद: भवनमा आगलागी हुँदा मृत्यु भएका १७ जनाका परिवारलाई जनही ७ लाख रुपैयाँ दिने घोषणा

हैदराबाद: भवनमा आगलागी हुँदा मृत्यु भएका १७ जनाका परिवारलाई जनही ७ लाख रुपैयाँ दिने घोषणा

नेपालखबर
जेठ ४, २०८२ आइतबार २१:०, काठमाडौँ

भारतको तेलंगना राज्यमा पर्ने हैदराबादस्थित चारमिनारनजिकै गुलजार हाउस भवनमा आगलागी हुँदा मृत्यु भएका १७ जनाका परिवारलाई केन्द्र र प्रदेश दुवै सरकारले आर्थिक सहयोग घोषणा गरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीको कार्यालयले पीडित परिवारलाई जनही २ लाख र राज्य सरकारले जनही ५ लाख रुपैयाँ दिने भएका हुन्। 

यस्तै भारतीय प्रधानमन्त्रीको कार्यालयले घाइतेहरूलाई पनि जनही ५० हजार रुपैयाँ दिने जनाएको छ।

आइतबार बिहान गुलजार हाउस नामको भवनमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको हो भने कम्तीमा १० जना घाइते भएका छन्। 

भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ।

प्रधानमन्त्री कार्यालयले यो पनि भनेको छ, ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५०,००० रुपैयाँ दिइनेछ।’

यस्तै राज्यका उपमुख्यमन्त्री भट्टी विक्रममार्क मल्लुले आफ्नो सरकारले घटनामा मृत्यु भएकाहरूका परिवारलाई जनही ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने बताएका छन्। 

साथै घाइतेहरूको उपचारका सबै खर्च पनि राज्य सरकारले बेहोर्ने उनले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad