न्युयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोकिएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ।
यो जहाज त्यहाँ विशेष कार्यक्रमका लागि गएको थियो।
शनिबार साँझ जहाज यस पुलमुनिबाट गइरहेका बेला विशाल मास्ट (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोकिएको भिडिओ सार्वजनिक भएको छ।
रिपोर्टअनुसार, ठोकिएपछि जहाजको मस्तुलको केही भाग भाँचिएर जहाजमा खसेको थियो र अमेरिकी मिडियाले धेरै जना घाइते भएको रिपोर्ट गरेको छ।
न्युयोर्क सहरको आपत्कालीन व्यवस्थापन एजेन्सीले उद्धार जारी रहेको बताएको छ तर थप विवरण दिएको छैन।
मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ। घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।
168
Shares

प्रतिक्रिया