समाज


लहानबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइते

बस पल्टिएपछि चालक पक्राउ
लहानबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइते

सुनिता विष्ट
जेठ २, २०८२ शुक्रबार ८:२३, काठमाडौँ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

रत्ननगर नगरपालिका–१० स्थित सडक खण्डमा शुक्रबार (आज) बिहान लहानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो। बसमा ३९ जना यात्रु सवार थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटनामा घाइते भएका १५यात्रुमध्ये चार जनाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा र अन्यको बकुलहर अस्पतालमा भइरहेको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad