ग्लोबल


युद्धविराम गरेकामा ट्रम्पद्वारा भारत र पाकिस्तानको प्रशंसा

युद्धविराम गरेकामा ट्रम्पद्वारा भारत र पाकिस्तानको प्रशंसा

नेपालखबर
बैशाख २८, २०८२ आइतबार ११:२२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकामा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्।

आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, 'म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।'

'उनीहरूले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, नत्र लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो।'

ट्रम्पले भारत र पाकिस्तानलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न अमेरिका सक्षम भएकामा आफूलाई पनि गर्व महसुस भएको उल्लेख गरेका छन्।

आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने कुरा पनि गरेका छन्।

साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्न प्रयास गरिने पनि उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad