ग्लोबल


भारतविरुद्ध प्रतिआक्रमण सुरु गर्‍यौँ: पाकिस्तान

भारतविरुद्ध प्रतिआक्रमण सुरु गर्‍यौँ: पाकिस्तान

नेपालखबर
बैशाख २७, २०८२ शनिबार ७:५२, काठमाडौँ

पाकिस्तानका सरकारी टीभी र सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएका छन्।

यसअघि पाकिस्तानी सेनाका प्रवक्ताले भारतले पाकिस्तानका तीन सैन्य हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै जवाफ दिन आफ्नो सेना तयार रहेको बताएका थिए।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार भारतविरुद्ध बदलाको कारबाहीलाई 'बुन्यान-अन-मार्सुस' नाम दिइएको छ।

पाकिस्तानको दाबीमा भारतले भने अहिलेसम्म केही भनेको छैन।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो।

त्यसयता दुई देशबीच गोलाबारी भइरहेको खबर आइरहेका थिए। तर पाकिस्तानले आफूले आक्रमण गरेको कुरा अहिलेसम्म स्वीकार गरेको थिएन। 

यसैबीच अहिले भने पाकिस्तानले भारतविरुद्ध जवाफी हमला सुरु गरेको बताएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad