ग्लोबल


पाकिस्तानलाई जम्मु कश्मीरका मुख्यमन्त्रीको आग्रह: बन्दुक बिसाऊ

पाकिस्तानलाई जम्मु कश्मीरका मुख्यमन्त्रीको आग्रह: बन्दुक बिसाऊ

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १६:५२, काठमाडौँ

भारत प्रशासित राज्य जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले दुई देशबीच स्थिति बिगार्ने काम पाकिस्तानले गरेको आरोप लगाएका छन्।

उनले पाकिस्तानलाई आफ्ना बन्दुकहरू बन्द गर्न पनि सुझाव दिएका छन्।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री अब्दुल्लाहले भने, 'सबैभन्दा ठूलो कुरा के हो भने उनीहरूले (पाकिस्तानले) जम्मु सहरमा ड्रोन आक्रमण गरी सर्वसाधारणलाई लक्ष्य गर्ने प्रयास गरे। मलाई लाग्दैन- १९७१ को युद्धपछि जम्मु सहरलाई यसरी कहिल्यै निशाना बनाइएको छ।'

'तर हाम्रा सुरक्षा बलहरूलाई श्रेय जान्छ कि उनीहरूले यी सबै ड्रोनहरूलाई निष्क्रिय पारे र एउटा पनि ड्रोन लक्ष्यमा पुग्न सकेन।'

यस्तै उनले पाकिस्तानले कश्मीरको अनन्तनागमा रहेको गोलाबारुद डिपोलाई पनि निशाना बनाउने प्रयास गरेको तर त्यसमा पनि असफल भएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad