ग्लोबल


गुजरातमा उड्दै आएको वस्तु विस्फोट, पाकिस्तानले पठाएको हो कि होइन भनेर अनुसन्धान

गुजरातमा उड्दै आएको वस्तु विस्फोट, पाकिस्तानले पठाएको हो कि होइन भनेर अनुसन्धान

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:४७, काठमाडौँ

भारतीय राज्य गुजरातमा पर्ने कच्छ जिल्लाको भारत-पाकिस्तान सीमानजिकै रहेको खावडा क्षेत्रमा आज बिहान एउटा विस्फोट भएको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार एउटा शंकास्पद उडिरहेको वस्तु हाई टेन्सन पावर लाइनमा ठोक्किएर विस्फोट भएको हो। 

घटना बिहान ६ बजेतिर भारत पुल सीमानजिकै भएको हो।

भुजको दुर्गम गाउँ कोटाडा नजिकैको प्रतिबन्धित क्षेत्रमा घटना भएपछि प्रहरी, वायुसेना र सुरक्षा निकायहरू तुरुन्तै सक्रिय भएका छन्।

यो उडिरहेको वस्तु पाकिस्तानबाट आएको हो कि होइन भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

पश्चिम कच्छका एसपी विकास सुन्दाले  प्रहरी तुरुन्तै घटनास्थलमा पुगेको र शंकास्पद वस्तु वायुसेनालाई बुझाइएको बताएका छन्। 

अहिले वायुसेना र बीएसएफले संयुक्त रूपमा यसको अनुसन्धान गरिरहेका छन्। सुरक्षा निकायलाई सतर्क गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad