पाकिस्तानको बलुचिस्तानमा पाकिस्तानी सेनाको गाडीमा आक्रमण भएको छ।
आक्रमणमा एक अधिकारीसहित ६ सैनिकको मृत्यु भएको छ।
आक्रमणमा केही सैनिक घाइते पनि भएको बताइएको छ।
पाकिस्तानी मिडियाका अनुसार घटना स्थानीय समय बिहान ११:४५ बजे कच्छी जिल्लामा भएको हो।
यो आक्रमण बोलान क्षेत्रमा भएको हो, जहाँ विद्रोहीहरूले केही महिनाअघि जाफर एक्सप्रेस रेल अपहरण गरेका थिए।
पाकिस्तानी सेनाले गस्ती गरिरहेका बेला आक्रमण भएको बताएको छ।
विस्फोट यति शक्तिशाली थियो कि सेनाको गाडी टुक्रा-टुक्रा भयो र त्यसमा सवार ६ सैनिकको तत्कालै मृत्यु भयो।
आक्रमणमा घाइते भएका सैनिकहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई कराँची सार्ने तयारी भइरहेको छ।
आक्रमणपछि पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेरा हालेको छ र आक्रमणकारीहरूको खोजी गर्न विशेष अभियान सुरु गरेको छ।
Shares

प्रतिक्रिया