ग्लोबल


चार महिनापछि बंगलादेश फर्किंदै पूर्वप्रधानमन्त्री जिया

चार महिनापछि बंगलादेश फर्किंदै पूर्वप्रधानमन्त्री जिया

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १८:५५, काठमाडौँ

बंगलादेश नेसनल पार्टीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जिया लगभग चार महिनापछि मे ५ मा बंगलादेश फर्कंदै छिन्।

उनी मे ४ मा आफ्ना दुई बुहारीसँग लन्डनबाट बंगलादेश प्रस्थान गर्नेछिन्।

उनका निजी चिकित्सक तथा पार्टीको स्थायी समिति सदस्य जाहिद हुसेनले बीबीसी बंगलालाई बताएअनुसार जियाको उपचार  शुक्रबारसम्ममा पूरा हुनेछ।

खालिदा जिया जनवरी ७ मा कतारी अमिरको एअर एम्बुलेन्सबाट लन्डन पुगेकी थिइन्।

जिया लगभग ७९ वर्षकी भइन्। उनी कलेजो सिरोसिस, मिर्गौला समस्या र मुटु रोग लगायत विभिन्न जटिल रोगबाट पीडित हुन्। उनलाई लन्डनको एक क्लिनिकमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad