सोमबार पोप फ्रान्सिसको मृत्युको घोषणा भएपछि कार्डिनल केभिन फारेलले भ्याटिकनको कार्यवाहक प्रमुखको कार्यभार सम्हालेका छन्।
फारेलले पोप फ्रान्सिसको स्मृति कार्यक्रममा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
कार्डिनल केभिन फारेलको जन्म सन् १९४७ मा आयरल्यान्डको राजधानी डब्लिनमा भएको थियो।
उनले स्पेनको सलामान्का विश्वविद्यालय र रोमको पोन्टिफिकल ग्रेगोरियन विश्वविद्यालयमा अध्ययन गरेका छन्।
उनले संसारका धेरै स्थानका चर्चमा सेवा गरेका छन्।
७७ वर्षीय फारेलले ३० वर्षभन्दा बढी समयदेखि अमेरिकाभरका चर्चमा सेवा गरिरहेका छन्।
२००७ मा फारेललाई डलासको बिशप नियुक्त गरिएको थियो।
२०१६ मा पोप फ्रान्सिसले उनलाई भ्याटिकनको नयाँ विभागको प्रमुख बनाए र कार्डिनलको दर्जा पनि दिएका थिए।
306
Shares

प्रतिक्रिया