ग्लोबल


रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १५:१७,

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन भएको छ। उनी ८८ वर्षका थिए।

उनले १२ वर्ष सो चर्चको नेतृत्व गरेका थिए। इस्टर चाडको भोलिपल्ट स्थानीय समयअनुसार बिहान ७ः३५ मा उनको निधन भएको भ्याटिकनले जनाएको छ। 

उनी सो चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी थिए। उनी अर्जेन्टिनी हुन्। आइतबार मात्र इस्टरको अवसरमा उनी सेन्ट पिटर्स स्क्वायरमा देखा परेका थिए।

जीवनका अन्तिम महिनाहरुमा उनी निकै बिरामी थिए। फेब्रुअरी १४ मा उनी निमानियाका कारण अस्पताल भर्ना भएका थिए। 

२३ मार्चका दिन उनलाई डिस्चार्ज गरिएको थियो। 

क्रिस्चियन धर्मावलम्बीबहुल मुलुकका नेताहरुले उनको निधनमा शोक व्यक्त गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad