ग्लोबल


हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने चेतावनी

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने चेतावनी

डोनाल्ड ट्रम्प


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १९:१५, काठमाडौँ

अमेरिकाको ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयलाई 'राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने' र 'यहुदीविरोधी भावनाको सिकार भएको' आरोप लगाएकी छन्।

उनले विश्वविद्यालयलाई पत्र लेख्दै आफ्ना विदेशी विद्यार्थीहरूको 'अवैध र हिंसात्मक' गतिविधिको विस्तृत रेकर्ड माग गरेकी छन्।

यस वर्ष हार्वर्ड विश्वविद्यालयको भर्नामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या २७ प्रतिशतभन्दा बढी छ।

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागको सूची अस्वीकार गरेको थियो। जसमा विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनका कुरा थिए।

तर हार्वर्ड विश्वविद्यालयले ह्वाइट हाउसका ती मागहरूलाई अस्वीकार गर्दै ह्वाइट हाउसले नियन्त्रण गर्न खोजेको जवाफ दिएको थियो।

यसपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइरहेको दुई अर्ब अमेरिकी डलरको कोष रोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad