‘बल चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्नुपर्छ, हामीले उनीहरूसँग सम्झौता गर्न जरुरी छैन।’
यो भनाइ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हो, जुन ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकार सम्मेलनमा पढेर सुनाइन्।
विज्ञप्तिमा भनिएको छ, ‘चीनले चाहेको कुरा हामीसँग छ: अमेरिकाका उपभोक्ता।’
प्रेस सचिव लेभिटले अगाडि भनिन्, ‘राष्ट्रपतिले फेरि एकपटक स्पष्ट पार्नुभएको छ- उहाँ चीनसँग सम्झौता गर्न तयार हुनुहुन्छ, तर चीनले संयुक्त राज्य अमेरिकासँग सम्झौता गर्नुपर्छ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अधिकारीले आफ्ना व्यापारिक साझेदारलाई अमेरिकी भन्सार शुल्कविरुद्ध एकताबद्ध हुन आह्वान गर्दै "अन्तसम्म लड्ने" वाचा गरेका छन्।
तर चीनले अमेरिकासँग वार्ताका लागि ‘ढोका खुला’ रहेको पनि बताएको छ।
Shares

प्रतिक्रिया