हमासले इजरायली आक्रमणबाट गाजाको मुख्य चिकित्सा सुविधाको सघन हेरचाह र शल्यक्रिया विभागहरू ध्वस्त भएको बताएको छ।
अनलाइनमा पोस्ट गरिएका भिडिओरूमा क्षेप्यास्त्र आक्रमणपछि गाजा पट्टीको अल-अहली ब्याप्टिस्ट अस्पतालबाट ठूलो आगो र धुवाँ निस्किरहेको देखिएको छ।
भिडिओमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ। हमासले यो आक्रमणलाई 'भयानक अपराध' भनेको छ।
एक स्थानीय पत्रकारले इजरायल रक्षा बल (आईडीएफ) ले एक डाक्टरलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको बताए।
नागरिक आपत्कालीन सेवाका अनुसार आक्रमणमा कुनै हताहत भएको छैन।
अस्पतालमा काम गर्ने एक स्थानीय पत्रकारले इजरायली सेनाका एक अधिकारीले आपत्कालीन विभागका डाक्टरलाई बोलाएको बताए।
ती पत्रकारका अनुसार, अधिकारीले तुरुन्तै अस्पताल खाली गर्न भनेका थिए।
Shares

प्रतिक्रिया