ग्लोबल


युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता

युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार भेटवार्ताका क्रममा ट्रम्पका विशेष दूत स्टिभ विटकफ (बायाँ)


नेपालखबर
चैत ३०, २०८१ शनिबार ८:१, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार सेन्ट पिटर्सबर्गमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।

क्रेमलिनले बैठक चार घण्टाभन्दा बढी समय चलेको र ‘युक्रेनी सम्झौताका पहल’ मा केन्द्रित रहेको बताएको छ।

रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रुस-युक्रेन युद्धबारेमा एउटा पोस्ट गरेका थिए।

त्यसमा उनले लेखेका छन्, ‘रुसले कदम चाल्नु आवश्यक छ। एउटा भयानक र अर्थहीन युद्धमा हरेक हप्ता हजारौँ मानिस मरिरहेका छन्, एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो। यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन!’

‘यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन’ भनेर ट्रम्पले अघिल्लो राष्ट्रपति जो बाइडेनको आलोचना गरेका हुन्। 

रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रिभले यस वर्ष पुटिनसँग विटकफको तेस्रो वार्तालाई ‘उपलब्धिमूलक’ भनेका छन्।

ट्रम्पले युक्रेन र रुसबीच युद्धविराम सम्झौता गराउन पहल गरिरहेको भए पनि पुटिन मानिरहेका छैनन्। 

जसले आफूलाई पुटिनप्रति निकै आक्रोशित र दु:खी बनाएको ट्रम्पले बताएका थिए। 

यसपछि रुसले आफू अझै पनि 'अमेरिकासँग काम गरिरहेको' प्रतिक्रिया दिएको थियो। 

यहीबीच शुक्रबार ट्रम्पका विशेष दूत विटकफले शुक्रबार पुटिनसँग लामो छलफल गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad