अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा भन्सार महसुल लगाउने सम्बन्धमा लेखेको एउटा पोस्ट अहिले चर्चमा छ।
जसमा उनले लेखेका छन्, ‘यो अमेरिकाको लागि मुक्तिको दिन हो।’
राष्ट्रपति ट्रम्पले अप्रिल २ लाई 'मुक्ति दिवस'का रूपमा वर्णन गरेका छन्।
हालै राष्ट्रपति ट्रम्पले अप्रिल २ देखि विश्वका धेरै देशमा नयाँ भन्सार लगाउने बताएका थिए।
राष्ट्रपति ट्रम्पले यो घोषणासँगै अमेरिका विदेशी उत्पादनहरूमाथिको निर्भरताबाट मुक्त हुने दाबी गरेका छन्।
यसअघि राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने स्टिल, आल्मुनियम र क्यानडा र मेक्सिकोबाट आउने केही वस्तुमा भन्सार शुल्क बढाएका थिए।
अब यसै हप्तादेखि कारमा पनि ट्यारिफ अर्थात् आयात शुल्क लागू हुँदै छ। जसले अमेरिकाले पनि नोक्सान बेहोर्नुपर्ने विज्ञहरूको भनाइ छ।
Shares

प्रतिक्रिया