ग्लोबल


पुटिनसँग ट्रम्प रिसाएपछि जेलेन्स्कीको टिप्पणी: कूटनीतिको ख्याल नभएको

पुटिनसँग ट्रम्प रिसाएपछि जेलेन्स्कीको टिप्पणी: कूटनीतिको ख्याल नभएको

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
चैत १८, २०८१ सोमबार १४:३१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको व्यहारले रिसाएका विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि टिप्पणी गरेका छन्। 

बीबीसीका अनुसार जेलेन्स्कीले आइतबार राति आफ्नो देशका जनतालाई सम्बोधन गर्दै पुटिनविरुद्ध प्रतिक्रिया दिएका हुन्।

जेलेन्स्कीले पुटिनलाई कूटनीतिको ख्याल नभएको आरोप लगाउँदै युद्ध रोक्न रुसमाथि थप दबाब दिन आवश्यक रहेको बताए।

उनले भने, ‘केही हप्तायता अमेरिकाबाट बिनासर्त युद्धविरामको प्रस्ताव पेस भइरहेको छ तर जवाफमा रुसले ड्रोन, बम, तोप र ब्यालिस्टिक आक्रमण गरिरहेको छ।’

जेलेन्स्कीले रुसमाथि थप दबाब दिनुपर्ने बताएका छन्।

उनले रुसको युद्ध गर्ने शक्ति र युद्ध खोज्ने प्रणाली नष्ट गर्न कडा प्रतिबन्ध लगाउनुपर्ने पनि बताए।

एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दु:खी भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad