डोनाल्ड ट्रम्पले कमला ह्यारिस र हिलारी क्लिन्टनको गुप्त सूचनामाथिको पहुँच खारेज गरेका छन्। यी दुवैलाई ट्रम्पले चुनावमा हराएका थिए।
आफ्ना विरोधीविरुद्ध बदला लिने क्रममा ट्रम्पले सो कदम चालेका हुन्। शुक्रबार ट्रम्पले ह्यारिस र क्लिन्टनलाई संवेदनशील सरकारी सूचनाको पहुँच रोकिएका व्यक्तिहरूको सूचीमा राख्ने बताए।
‘निम्नानुसारका व्यक्तिहरूको पहुँच गोप्य सूचनामा हुनु आइन्दा राष्ट्रिय हितमा छैन भन्ने मैले निर्धारण गरेको छु,’ ट्रम्पले सरकारी एजेन्सीका प्रमुखहरूलाई लेखेका छन्।
ट्रम्पले यसअघि नै सो सूचीमा जो बाइडेनको नाम राखिसकेका छन्।
त्यस्तै बाइडेनका पालामा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेको जेक सलिभान, विदेशमन्त्री रहेका एन्टोनी ब्लिन्केनलगायतलाई पनि सो सूचीमा राखिसकेका छन्।
अमेरिकामा पूर्वराष्ट्रपति तथा सुरक्षासम्बन्धी उच्च अधिकारीहरूलाई सौजन्यस्वरूप गोप्य सूचनामा पहुँच दिइन्छ।
२०२१ मा बाइडेनले पनि चुनाव हारेका ट्रम्पलाई गुप्तचर ब्रिफिङ दिन रोकेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया