युक्रेनी सांसद तथा विदेश मामिला समितिका अध्यक्ष ओलेक्सान्डर मेरेझखोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविराममा ‘कहिल्यै सहमत नहुने’ टिप्पणी गरेका छन्।
युक्रेनमा तत्काल ३० दिन र पूर्ण युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्ताव पुटिनले अस्वीकार गरेपछि युक्रेनी सांसदबाट उक्त बयान आएको हो।
मेरेझखोले बीबीसी रेडियो ५ लाइभसँग युक्रेनमा रुसको पछिल्लो आक्रमणले ‘शान्ति प्रस्तावप्रति पुटिनको वास्तविक प्रतिक्रिया" देखाएको बताए।
उनले भने, ‘यो ट्रम्पका लागि अपमानजनक छ किनभने उनको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेका छन् र अब मुख्य प्रश्न के हो भने उनी अगाडि के गर्दै छन्?’
मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्तामा पुटिनले युक्रेनका ऊर्जा प्रतिष्ठानमा मात्र आक्रमण रोक्न सहमति जनाए।
Shares

प्रतिक्रिया