ग्लोबल


होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

नेपालखबर
चैत ५, २०८१ मंगलबार ११:४२, टेगुसिगाल्पा

होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषणा गरिएको बताए। 

त्यसपछि समुद्रमा विमाननजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो। उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो। 

अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्ट दिएका छन्। 

गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताए। 

लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो। रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो। 

“विमान झन्डै हामीमाथि खस्यो। म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले भने। 

होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्‌कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताए। 

ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad