ग्लोबल


क्यानडाको नयाँ प्रधानमन्त्री बने कार्नी, पहिलो विदेश भ्रमण अमेरिका नहुने

क्यानडाको नयाँ प्रधानमन्त्री बने कार्नी, पहिलो विदेश भ्रमण अमेरिका नहुने

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी शपथ शुक्रबार शपथ खाँदै।


नेपालखबर
चैत २, २०८१ शनिबार ७:२९, काठमाडौँ

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शुक्रबार शपथ खाएका छन्।

हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय बैंकका पूर्वगभर्नर कार्नी क्यानडाको प्रधानमन्त्री बनेका हुन्।

सामान्यतया क्यानडाका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुने गर्छ।

तर स्रोतका अनुसार मार्क कार्नीको पहिलो भ्रमण सोमबार फ्रान्स र बेलायत हुनेछ।

त्यसो त कार्नीले पार्टीको नेतामा विजयी हुनासाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जस्टिन ट्रुडो नौ वर्ष क्यानडाको प्रधानमन्त्री बने।

शुक्रबार (मार्च १४) देखि उनको स्थान कार्नीले लिएका हुन्।

ट्रुडोले जनवरीमा पार्टीभित्र बढ्दो दबाबका कारण लिबरल पार्टीले नयाँ नेता चयन नगर्दासम्म मात्र पदमा रहने बताएका थिए।

को हुन् कार्नी?
मार्क कार्नीको जन्म मार्च १६, १९६५ मा क्यानडाको उत्तर-पश्चिममा रहेको फोर्ट स्मिथमा भएको थियो। यद्यपि उनको सुरुवाती जीवन अल्बर्टाको एडमन्टनमा बित्यो। मार्कका आमाबाबु दुवै स्कुल शिक्षक थिए।

त्यसैले सुरुदेखि नै उनको पढाइ धेरै राम्रो थियो। कार्नीले आफ्ना आमाबाबुले आफूलाई सार्वजनिक सेवाप्रति प्रतिबद्धता जगाएको बताएका छन्। मार्क कार्नीले २००४ मा क्यानाडाली वित्त विभागमा पनि काम गरे। अर्थशास्त्रको क्षेत्रमा प्रतिभा देखाएपछि उनलाई २००७ मा बैंक अफ क्यानडाको गभर्नर बनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad