ग्लोबल


ट्रम्पलाई क्यानडाका आगामी प्रधानमन्त्रीको चेतावनी: व्यापार युद्ध जित्न दिँदैनौँ

ट्रम्पलाई क्यानडाका आगामी प्रधानमन्त्रीको चेतावनी: व्यापार युद्ध जित्न दिँदैनौँ

मार्क कार्नी र डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन २६, २०८१ सोमबार १४:५, काठमाडौँ

क्यानडाका आगामी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लिबरल पार्टीले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि भारी मतले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै कार्नीले उक्त दाबी गरेका हुन्। 

‘हामीले यो लडाइँका लागि आग्रह गरेका थिएनौँ। तर जब अरू कसैले हात हाल्छ, क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्’, कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भने। 

‘त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून्। हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानडाले जित्नेछ’, आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले भने। 

आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको आरोप लगाए। 

‘अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्’, उनले भने, ‘यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो।’

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायविरुद्ध आक्रमण गरेको आरोप लगाउँदै उनले थपे, ‘हामी क्यानडाविरुद्धको आक्रमणमा उहाँलाई सफल हुन दिदैनौँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाविरुद्ध २५ प्रतिशत आयात शुल्क घोषणा गरेका मात्र छैनन्,  बारम्बार क्यानडालाई अमेरिकाकै ५१औँ राज्य बनाउने भन्ने गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad