खेल


सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

नेपालखबर
चैत १, २०८१ शुक्रबार १५:४६, काठमाडौँ

नेपालले हङकङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको छ। 

युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।

ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। 

त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए।

पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्।

हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो।

हङकङकका लागि ओपनर सान्जिन शाहजादले अर्धसतक बनाइन्। उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाइन्। 

चाल का इङले २९ बलमा १६ र यासमिन दासवनीले १५ बलमा १४ रनको योगदान गरिन्। उनले एक चौकाको मद्दतमा उक्त स्कोर बनाएकी हुन्। हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि राजमती ऐरीले ३ विकेट हात पारिन्। उनले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएकी हुन्। इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी बिष्टले एक एक विकेट लिए।

यसअघि हङकङले नेपालसँगको पहिलो खेल २ रनले जितेको थियो। १०१ रनको लक्ष्य पछ्याएको नेपाल ९८ रनमा समेटिएको थियो। फाइनलमा पुग्न असफल नेपालले ६ खेलमा २ खेल जित्यो। यसअघि युगान्डालाई १ विकेटले पराजित गरेको थियो। 

हङकङको भने फाइनल पुग्ने सम्भावना बाँकी छ। युगान्डा, नामिविया र हङकङमध्ये दुई टोली फाइनलमा पुग्नेछन्। आजै नामिविया र युगान्डा भिड्नेछन्। यो खेलको विजयी टोली फाइनलमा पुग्नेछ भने बाँकी दुई टोलीमध्ये एउटा नेट रनरेटका आधारमा फाइनलमा पुग्नेछ। 

त्यसअघि समान ६ अंक भए पनि नामिबिया शीर्षस्थानमा र युगान्डा दोस्रो तथा हङकङ तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad