क्यानडाको टोरन्टोस्थित एक पबमा अन्धाधुन्ध गोली प्रहार गरिँदा १२ जना घाइते भएका छन्।
बीबीसीका अनुसार पूर्वी टोरन्टोको स्कारबोरो सिटी सेन्टरनजिकैको एक पबमा जथाभावी गोली चलाइएको भएको हो। घटना नेपाली समयानुसार शनिबार बिहान ९ बजेतिर भएको हो।
अधिकारीहरूका अनुसार ६ जना गोली लागेर र ६ जना भाँचिएको सिसाका टुक्राले लागेर घाइते भएका हुन्।
टोरन्टो प्रहरीले तीन पुरुष पबमा प्रवेश गरेर अन्धाधुन्ध गोली हानेको बताएको छ। प्रहरीका अनुसार उनीहरूसँग एउटा असल्ट राइफल र एउटा ह्यान्डगन थिए।
प्रहरी सुपरिटेन्डेन्ट पल म्याकइन्टायरले गोली चलाउनुको कारण अझै थाहा नभएको बताएका छन्। यस्तै अहिलेसम्म गोली चलाउने कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्।
153
Shares

प्रतिक्रिया