युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा रुसले शुक्रबार गरेको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ।
सो हमलामा ३० जना घाइते भएको युक्रेनको भनाइ छ।
शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ।
डोब्रोपिलिया रुसी कब्जामा रहेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ।
युक्रेनले यसअघि बिहीबार राति पनि रुसको आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।
6
Shares

प्रतिक्रिया