विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री पद छाड्दै गत वर्ष अगस्ट ५ मा बंगलादेशबाट भागेकी शेख हसिना त्यसबेलादेखि भारतमा बसिरहेकी छन्।
हसिनाले देश छाडेपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारले उनलाई देश फर्काउन सबै प्रयास गरेको छ। तर भारतले कुनै सुनुवाइ नगरेको गुनासो अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले गुनासो गरेका छन्।
एक अन्तर्वार्तामा उनले बंगलादेशले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि भारतलाई औपचारिक पत्र पठाएको तर भारतीय सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका हुन्।
बेलायतस्थित स्काई न्युजसँगको अन्तर्वार्तामा युनुसले हसिनालाई मानवताविरुद्धको अपराधमा मुद्दा चलाइने बताएका छन्।
विद्यार्थी नेतृत्वको विशाल विरोध प्रदर्शनले अगस्ट ५ मा उनको १६ वर्षदेखिको अवामी लिग सरकार ढलेको थियो भने उनी बंगलादेशबाट भाग्न बाध्य भइन्।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा हसिनासहित उनको सरकारमा रहेका धेरै मन्त्री, सल्लाहकार र सैन्य तथा नागरिक अधिकारीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ।
Shares

प्रतिक्रिया