भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमा सत्ता परिवर्तनमा आफ्नो देशको कुनै भूमिका नभएको बताएका छन्।
मोदीसँग भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो, ‘बंगलादेशबारे तपाईं के भन्न चाहनुहुन्छ?’
जवाफमा उनले भने, ‘यसमा हाम्रो कुनै भूमिका छैन। यसमा प्रधानमन्त्री (मोदी) लामो समयदेखि काम गरिरहनुभएको छ।’
बंगलादेशमा विरोध प्रदर्शन चर्किएपछि गत अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। हाल उनी भारतमै छिन्।
यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।
बंगलादेशको वर्तमान सरकारले धेरै पटक भारतलाई शेख हसिनालाई देश फिर्ता पठाउन आग्रह गरेको छ।
हाल मोदी अमेरिका भ्रमणमा छन्।
ट्रम्पसँगको भेटवार्तामा उनले भन्सार महसुल, अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय नागरिकको फिर्तीलगायत विषयमा पनि कुराकानी गरे।
Shares

प्रतिक्रिया